Logo
Logo
महिला साफ च्याम्पियनसिप फुटबल

भारतमाथि ए‍ेतिहासिक जितसँगै नेपाल फाइनलमा



काठमाडौं । पाँच पटक विजेता भारतलाई हराउँदै नेपाल छैटौं साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

दशरथ रंगशालामा भएको दोस्रो सेमिफाइनलमा नेपालले १-० को जित दर्ता गरेको हो । नेपाल पाँचौ पटक फाइनलमा पुग्दा भारत पहिलो पटक फाइनल पुग्न सकेन ।

नेपाललाई साफ इतिहासमा भारतमाथि पहिलो जित दिलाउने क्रममा रश्मीकुमारी घिसिङले निर्णायक गोल गरे । घिसिङले पहिलो हाफको इन्ज्युरी समयमा गरेको गोलले नै नेपाल फाइनलमा पुग्न सफल भयो । उनले प्रिती राईको पासमा गोल गरेका थिए ।

अब नेपालले फाइनलमा वंगलादेशसँग खेल्नेछ । यसअघि पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्