Logo
Logo

सनराइज बैंकका सिईओ जनक शर्मालाई असफल बनाउन गिरोह सक्रिय


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । अंग्रेजी भाषामा सनराइजको अर्थ हुन्छ ‘उदाउँदो सूर्य’ । तर, हाम्रो सन्दर्भमा सनराइज बैंकको अवस्था भने नाम अनुसारको नभई अस्ताउँदो अवस्थाको सूर्य झैं देखिन थालेको छ । अस्ताउँदो सूर्यमा न राप हुन्छ, न ताप । त्यस्तै पछिल्लो केही समयदेखि सनराइज बैंकको अवस्था पनि त्यस्तै देखिएको छ । बैंक सामान्य हिसाबले मात्र सञ्चालनमा छ । बैंकका तत्कालीन सीईओ रत्नराज बज्राचार्यले आफ्नो कार्यकाल पूरा गरेर गएपछि बैंकले नयाँ सीईओ नियुक्ती गर्न आफ्नै सञ्चालकहरूबीच रस्साकस्सी नै चल्यो । दुई समूहबीचको स्वार्थमा कसलाई सीईओ बनाउने भन्ने अघोषित लडाईं नै चल्यो । जसका कारण कयौं दिनसम्म सञ्चालक समितिको बैठक नै बस्न सकेन । एकथरी सञ्चालक राष्ट्र बैंक गुहार्न पुगे भने अर्काथरी राजनीतिक शक्ति केन्द्र । बैंक लामो समयसम्म कायम मुकायम सीईओको भरमा चल्यो । विभागीय प्रमुखहरू पनि बैंकभित्रको भाँडभैलोमा बाँडिए । जसको असर अहिले पनि देखिएको छ । भलै यतिखेर नयाँ सीईओको नियुक्ती भइसकेको छ । यसअघि नियुक्ती नलिइ पदमुक्त भएका सीईओ नीरज श्रेष्ठ माछापुच्छ«े बैंकबाट आएका थिए । तर, रत्नराज बज्राचार्य र हालका सीईओ जनक शर्मा पौडेलको नियुक्तीलाई हेर्दा सनराईज बैंक पछिल्लो दिनमा आइपुग्दा उदाउँदो सूर्य झैं फ«ेस सीईओ नियुुक्ती गर्न नसक्ने बरु उल्टो अस्ताउँदो सूर्य झैं त्यसमा पनि ग्लोबल आईएमई बैंकबाट हटेका वा हटाइएका सीइओलाई मात्र बोक्ने अवस्थामा पुगेको देखिन्छ ।

गतिला व्यवसायीहरू अन्य बैंक तथा वित्तीय संस्थामा आकर्षित हुन थालेपछि सनराइजलाई आफ्ना ऋणी र बचतकर्ता जोगाउन पनि हम्मे पर्न थालेको छ । साउनको पहिलो साता बैंकले सार्वजनिक गरेको ब्याजदरमा केन्द्रीय बैंकको निर्देशन विपरित बेस रेट उल्लेख नगरी ब्याजदर उल्लेख गर्नुले पनि उक्त आशंकलाई पुष्टि गरेको छ । बैंकले निक्षेपकर्तालाई दिने ब्याजदरमा पनि अस्वाभाविक ढंगले घटाएको छ ।

यसैबीच नेपाल राष्ट्र बैंकले जारी गरेको पछिल्लो निर्देशनले पनि सनराइज बैंकलाई धक्का लागेको बुझिएको छ । केन्द्रीय बैंकले हालै मात्र एक निर्देशन जारी गरेर बैंक तथा वित्तीय संस्थाका सीईओ, अध्यक्ष र सञ्चालकहरूको उमेर हद तोकिदिएको छ । गत सोमबार जारी गरिएको उक्त निर्देशनमा बहालरत सीईओले बढीमा ६९ वर्ष र नयाँ नियुक्तीको हकमा ६५ वर्ष तथा अध्यक्ष र सञ्चालकको हकमा बहालरतको हकमा ६९ वर्ष र नयाँ नियुक्तीको हकमा ७४ वर्षको उमेर हद तोकिएको छ । यो व्यवस्थाको कारण सनराइज बैंकका अध्यक्ष मोतीलाल दुगड पनि अन्य केही बैंकका अध्यक्ष र सञ्चालक झैं तत्काल पदमुक्त हुने भएका छन् । दुगड यसअघि नै ७४ वर्ष पुगिसकेको सनराइज बैंकका एकजना सञ्चालकले नै बताएका छन् । बैंकभित्र यतिसम्म भाँडभैलो भएको छ की नेपाल राष्ट्र बैंकले उक्त निर्देशन जारी गरे लगत्तै खुशी मनाएका एकथरी सञ्चालकहरूले भोलिपल्टै नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुखको मोबाइलमा भाइबर मार्फत् दुगडको नागरिकताको फोटोकपी पठाइदिए ।

स्रोतका अनुसार अध्यक्षले जन्म मिति सच्चाएर पदावधी नलम्ब्याउन् भन्ने उद्देश्यले त्यसरी अनौपचारिक रूपमा राष्ट्र बैंकमा नागरिकताको फोटोकपी पठाइएको हो । यसबाट पनि सनराईज बैंकमा रहेको चरम गुटबन्दीको अन्दाज गर्न सकिन्छ । यसबाट समग्र कर्मचारीको मनोविज्ञानमा त्रास र भयले बास गरेको छ । जसका कारण उनीहरू व्यावसायिक प्रतिस्पर्धामा खरो ढंगले उत्रिन सकेका छैनन् । जनक शर्मालाई असफल पार्न बैंकभित्रकै एकथरि कर्मचारी लागिपरेका छन् । ती कर्मचारीहरुले अनावश्यक रुपमा राम्रा ग्राहक भड्काउन थालेका छन् । यसैबीच झापाको शाखाबाट काठमाडौंको व्यापारीको बैंक स्टेटमेन्ट अज्ञात व्यक्तिले झिकेका छन् । ती व्यक्तिले बैंकका कर्मचारीसँग मिलेर प्रयोजनका लागि अर्काको बैंक स्टेटमेन्ट झिके भन्ने कुरा खुल्न सकेको छैन । यसरी उक्त बैंकमा रहेका अन्य व्यापारीहरुको बैंक स्टेटमेन्ट पनि अज्ञात व्यक्तिले झिकेको अनुमान छ । यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागमा बुझ्दा विभागले अनुसन्धान गरेका व्यक्तिको खाताबारे मात्र सोधखोज गरेको बताए ।

यता सबैभन्दा तीब्र प्रतिस्पर्धा भइरहेको बैंकि¨ क्षेत्रमा पनि उक्त बैंक अरु भन्दा निकै पछाडी देखिन्छ । गतिला व्यवसायीहरू अन्य बैंक तथा वित्तीय संस्थामा आकर्षित हुन थालेपछि सनराइजलाई आफ्ना ऋणी र बचतकर्ता जोगाउन पनि हम्मे पर्न थालेको छ । साउनको पहिलो साता बैंकले सार्वजनिक गरेको ब्याजदरमा केन्द्रीय बैंकको निर्देशन विपरित बेस रेट उल्लेख नगरी ब्याजदर उल्लेख गर्नुले पनि उक्त आशंकलाई पुष्टि गरेको छ । बैंकले निक्षेपकर्तालाई दिने ब्याजदरमा पनि अस्वाभाविक ढंगले घटाएको छ ।

मौद्रिक नीति सार्वजनिक हुनुअघि बैंकहरूको मर्जरको सम्बन्धमा पनि सनराईज बैंकको अवस्था दयनीय रहेको उल्लेख भएको थियो । अधिकांश बैंकले मर्जर नै गर्नुपरेको अवस्थामा पनि उक्त बैंकलाई रोजेका थिएनन् । स्वयम् नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनमा समेत सनराईज बैंकलाई दयनीय अवस्थाका बैंकहरूको सूचीमा राखिएको छ । सनराइज लगायतका दयनीय अवस्थाका बैंकहरूलाई दयनीयबीच मर्जर नगरी राम्रा बैंकको हैसियत बनाएकासँग मर्ज गर्नुपर्ने निश्कर्ष निकालिएको छ । तर, राम्रा बैंकहरूले सनराइजलाई मर्जको लागि नाक खुम्चाइदिएका छन् । उक्त बैंकभित्र देखिएको सुशासनको अभाव, खराब वित्तीय अवस्था र व्यवस्थापनको गुटबन्दी नै सनराईज बैंकको पछिल्लो परिचय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्