Logo
Logo

कांग्रेस संसदीय समिति बैठक बस्दै


567
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय समितिको बैठक बस्दै छ । समानुपातिक उमेदवारको सूचीलाई अन्तिम रूप दिन बैठक बस्न लागेको हो।

सूची टुंग्याउनकै लागि हिजो बसेको बैठक निष्कर्षविहीन बनेपछि आज फेरि बस्न लागेको हो । बैठक बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।

पार्टी प्रवक्ता प्रकाशशरण महतका अनुसार आजको बैठकले टुङ्गो लगाएकाे समानुपातिक उम्मेदवारको अन्तिम सूचीलाई आजै कार्यसम्पादन समितिको बैठकबाट पारित गरेर निर्वाचन आयोगमा बुझाउने तयारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्