Logo
Logo

सानिमा बैंकका ग्राहकले थप २० मर्चेन्टमा छुट पाउने


441
Shares

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकलाई डिजिटल बैंकिङका माध्यमहरू प्रयोग गरी डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न थप २० वटा मर्चेन्टमा छुटको व्यवस्था गरेको छ । बैंकले सानिमाको भिसा डेबिट–क्रेडिट कार्ड र सानिमा मोबाइल बैंकिङ एप प्रयोगकर्ताहरूले डिजिटल भुक्तानी गरी विभिन्न मर्चेन्टहरूको वस्तु–सेवाहरूको खरिदमा छुट पाउने भएका हुन् ।

बैंकले बाजेको केक, जुलिस केक एन्ड पेस्ट्रिज, कान्तिपुर कफी, कुण्डलिनी आयुर्वेद, बागडोल पोलिक्लिनिक, नीता पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, स्टाइल हन्ट, बेन्ड द ट्रेन्ड, रिभाइब वेलनेस, बल्थली माउन्टेन रिसोर्टमा छुटको व्यवस्था गरेको हो ।

त्यस्तै, होटेल यात्री, होटेल द किंग्सबरी, दरबार ज्वेलर्स, लारिसा फार्मेसी, डियो गार्डेन रेस्टुरेन्ट, द स्ट्रिट, रोयल लाउन्ज एन्ड बार, आरआर फेसन वेयर, विकेन्ड र न्यानो कलेक्सनलगायतका २० विभिन्न मर्चेन्टहरूसँग १० देखि ३० प्रतिशतसम्मको छुटको व्यवस्था गरेको जनाएको छ ।

यसैगरी, ग्राहकलाई विभिन्न छुट तथा अफरहरू प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको जनाएको छ । हाल बैंकले देशका सातै प्रदेशमा एक सय २७ कार्यालय तथा एक सय २० एटिएममार्फत सेवा दिइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्