धनगढी । सेती प्रादेशिक अस्पताल धनगढीमा ८ दिनदेखि अनशनरत डा. गोविन्द केसीलाई अन्यत्र सार्न सुझाव दिएको छ । डा केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको भन्दै सेती प्रादेशिक अस्पताल धनगढीले अन्यत्र स्थानान्तरण गर्न सुझाव दिएको हो ।

अस्पतालले सोमबार सूचना जारी गर्दै डा केसीको उपचारका लागि बहुविशेषज्ञ भएको विशिष्टिकृत अस्पतालमा स्थानान्तरण गर्न सुझाव दिएको छ ।
केसी गत भदौ २७ गतेदेखि धनगढीमा अनशनरत छन् । तर, उनले राखेको मागबारे सरकारले अझैसम्म सुनुवाइ गरेको छैन । आइतबार डा. केसी र सरकारी पक्षबीच पहिलो चरणको वार्ता भएको थियो । तर, निष्कर्षविहीन भइ टुंगिएको थियो ।