
काठमाडौं । सोमबार नेपाली बजारमा पहेँलो धातु सुनको भाउ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४ सय रुपैयाँले घटेको हो। योसँगै आज सुनको मूल्य ९१ हजार ४ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९० हजार ९ सय रुपैयाँ कायम भएको छ।
हिजो आइतबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १ हजार १७५ रुपैयाँ कायम भएको छ।












