Logo
Logo

समानुपातिकमा माओवादीले बाबुरामलाई दियो ५ सिट


19.7k
Shares

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधिसभा र प्रदेश सभातर्फ समानुपातिक उम्मेदवारको सूची निर्वाचन आयोगमा बुझाएको छ ।

माओवादीले बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका पाँच जनालाई प्रतिनिधिसभातर्फ उम्मेदवार बनाइएको महासचिव देवप्रसाद गुरूङले जानकारी दिए ।

महासचिव गुरुङका अनुसार प्रदेश सभातर्फ पनि समाजवादी पार्टीका नेताहरू उम्मेदवारमा परेका छन् । उनका अनुसार मा‌ओवादीले प्रतिनिधि सभातर्फ ११० र प्रदेश सभातर्फ २२० जनाको नाम समावेश गरेर बन्दसूची पेश गरेको छ ।

महासचिव गुरूङ र उपमहासचिवद्वय वर्षमान पुन र गिरिराजमणि पोखरेल समानुपातिक उम्मेदवारको बन्दसूची लिएर आज आयोग पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्