Logo
Logo

प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति निवासमा


38.1k
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । राष्ट्रपति भण्डारीलाई भेट्न जानुअघि प्रधानमन्त्री देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरेका थिए ।

प्रधानमन्त्री देउवाले नागरिक विधेयकको विषयमा छलफल गर्ने बालुवाटार स्रोतले जनाएको छ । संसद्ले नागरिकता विधेयक दोस्रो पटक पनि पारित गरेको प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पठाएको १४ दिन भइसकेको छ ।

दुवै सदनको बहुमतले पारित गरेको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले सुझावसहित संसदमा फिर्ता पठाएका थिए । तर सत्तारुढ गठबन्धनले पहिल्यै विधेयक जस्ताको त्यस्तै पारित गरेपछि राष्ट्रपति भण्डारी असन्तुष्ट रहँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्