Logo
Logo

साफ च्याम्पियनसिपको उपाधि जित्ने नेपालको सपना अधुरै


1.1k
Shares

काठमाडौं । नेपाल साफ महिला च्याम्पियनसिपको उपाधि जित्न फेरि पनि असफल भएको छ ।

दशरथ रंगशालामा भएको फाइनलमा नेपाल बंगलादेशसँग ३-१ गोलले पराजित भएपछि फेरि उपविजेता भएको छ । साफ महिला फुटबलमा नेपाल फाइनलमा पराजित भएको यो पाँचौ पटक हो ।

बंगलादेशले छैटौँ संस्करणको साफ महिला च्याम्पियनसिपको उपाधि जित्दै नयाँ ईतिहास रचेको छ । दशरथ रंगशालामा सोमबार घरेलु टोलीलाई स्तब्ध पार्न बंगलादेशकी कृष्णारानी सरकारले २ गोल गरिन्।

पहिलो हाफमा २–० ले अग्रता लिएको बंगलादेशविरुद्ध नेपालले एक गोल फर्काएको थियो । तर गोलरक्षकको कमजोरीको फाइदा उठाउँदै बंगलादेशले पुनः २ गोलको अग्रता लियो । थप समयमा गोल हुन नसक्दा बंगलादेशले पहिलो पटक नेपाललाई हराउँदै उपाधि जितेको हो ।

प्रतिक्रिया दिनुहोस्