Logo
Logo

वीरगञ्जमा १७ सय नयाँ सवारी अलपत्र


567
Shares

पर्सा । नेपाल भित्रिने तयारीमा रहेका १ हजार ७ सय बढी सवारीसाधन वीरगञ्ज नाकामा अलपत्र परेका छन् ।

यसरी अलपत्र परेका चारपाङ्ग्रे सवारीमध्ये ५ सय ७२ वटा जीप, कार तथा भ्यान छन् । यस्तै ठूला सवारी १ हजार १ सय ४६ वटा बस, ट्रक, टिपर र मिनीट्रक रहेका छन् ।

यी सबै सवारीसाधनको मुल्य नेपाली बजारमा न्यूनतम २० लाखदेखि करोडसम्म छ । वीरगञ्जस्थित उद्योग मन्त्रालयअन्तर्गतको एकीकृत जाँचचौकी (आइसिपी) का प्रमुख कमल ज्ञवालीका अनुसार फागुनदेखि एकीकृत जाँच चौकी परिसरमा यी सवारी रोकिएका हुन् ।

बैंक तथा वित्तीय संस्थाले पछिल्लो पटक साना तथा ठूला सवारीसाधनमा कर्जा प्रवाहमा कमी ल्याएको छ । यसले नयाँ सवारीसाधन बिक्रीमा कमीसँगै नेपाल भित्रिने तयारी रहेका सवारीसाधन विभिन्न नाकामा अलपत्र अवस्थामा छन् ।

नयाँ सवारीसाधनमा बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाहमा सहजता नल्याएसम्म नेपाली बजारमा नयाँ सवारीसाधनको कारोबारमा नफस्टाउने निश्चित जस्तै बनेको व्यावसायी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्