
१. अभियुक्तको परिचय गोप्प राख्न माग गर्दै सर्वोच्च अदालतमा रिट, गृहमन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाएर दायर गरिएको रिटको सुनुवाइ संवैधानिक इजलाशमा हुने, यौनजन्य अपराध तथा नैतिक पतन हुने किसिमका फौजदारी अभियोग लागेका अभियुक्तलाई न्याय सम्पादन गर्ने क्रममा सांकेतिक नाम प्रदान गर्न माग ।

२. चालु आर्थिक वर्षको दोस्रो महिना अर्थात् गत भदौमा मात्रै नेपाल विद्युत् प्राधिकरणले २ अर्ब ४२ करोड बराबरको बिजुली भारत निर्यात गर्यो, विद्युत् निर्याताबाट चार महिनाको अवधिमा ४ अर्ब ४९ करोड ९१ लाख भारतीय रुपैयाँ नेपाल भित्रियो, नेपालको विदेशी मुद्रा सञ्चिती र दुई मुलुकबीचको व्यापार घाटालाई कम गर्न योगदान पुगेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको दाबी ।

३. मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ ३३ प्रतिशत महिलालाई उम्मेदवार बनाउन राजनीतिक दललाई निर्वाचन आयोगको पत्र, उम्मेदवार मनोनयन गर्दा दलहरुले महिलाको प्रतिनिधित्व एकतिहाइ सुनिश्चित गर्नुपर्ने, प्रत्यक्षतर्फ एकतिहाइ महिलालाई उम्मेदवार बनाउन राजनीतिक दललाई निर्देशन दिनुपर्ने संसदीय समितिको निर्देशनपछि आयोगले दलहरुलाई पत्राचार गर्यो ।

४. निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीलाई तीब्रता दियो, मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यलय स्थापना गर्ने निर्णय, मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय जिल्लाको सदरमुकाम र सम्बन्धित निर्वाचन क्षेत्रभित्रका स्थानीय तहमा स्थापना गरिने ।

५. सत्तारुढ पाँच दलीय गठबन्धनबीच अफै पनि सिट बाँडफाँटमा सहमति जुट्न सकेन, सबै दलले समानुपातिक तर्फको बन्दसूची बुझाइसके पनि बाँडफाँटमा सहमति जुट्न नसक्दा गठबन्धन आवद्ध दलका नेता कार्यकर्ता अन्योलमा, सिट बाँडफाँटमा सहमति जुटाउन बुधबार बिहानैदेखि छलफल हुने ।

६. शिक्षामा आमूल परिवर्तन र समसामयिक सुधारका लागि तयार गरिएको ‘सोचपत्र’ सार्वजनिक, शिक्षा नीतिले तोकेका १३ उद्देश्य समावेश गरिएको शिक्षामन्त्री देवेन्द्र पौडेलद्वारा जानकारी, प्रारम्भिक वाल विकास, विद्यालय शिक्षा, उच्च र प्राविधिक शिक्षा, १५ वर्षमा गरिने रुपान्तरणको क्षेत्र र अपेक्षित उपलव्धी तथा सुधारका कार्यहरु सोचपत्रमा समावेश ।

७. अज्ञात समूहको गोलीबाट गोठाटारमा मारिएका लाल मोहम्मदको घटनाबारे छानबिन गर्न प्रहरी प्रधान कार्यालयले विशेष समिति गठन गर्यो, प्रहरी वरिष्ठ उपरीक्षक जनकराज भट्टराईको नेतृत्वमा पाँच सदस्यीय समिति गठन, समितिमा प्रहरी उपरीक्षक दिनशराज मैनाली, प्रहरी नायब उपरीक्षक कृष्ण चन्द लगायत सदस्य रहेको समितिमा साइबर ब्यूरोका एकजना अधिकृतलाई पनि राखिने ।

८. राष्ट्रियसभाका अध्यक्ष गणेश तिम्सिना पनि महाभियोग लागेका निलम्बित प्रधानन्यायाधीश चालेन्द्र शम्शेर जबराको बचाउमा, संसद्को कार्यकाल सकेपछि महाभियोग पनि स्वतः निष्कृया हुने भएकाले जबरालाई सर्वोच्च जान दिनुपर्ने आसय, संसद्मा दर्ता भएको महाअभियोग प्रस्ताव समयमै टुङ्गो नलगाएर सिङ्गो न्यायलयको गरिमा घटाउने काम भएको टिप्पणी ।

९. नेप्से परिसूचकमा उच्च अङ्कको ओरालो यात्रा रोकिएन, शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार पनि उच्च अङ्कले ओरालो लाग्यो, ३८ दशमलव ८१ अङ्कले ओरालो लागेर १ हजार ८ सय ३७ दशमलव ६० मा झर्यो ।

१०. लेबनानलाई इन्धन उपलब्ध गराउन इरान तयार, लेबनानको ऊर्जा मागलाई सम्बोधन गर्न तयार रहेको इरानी विदेशमन्त्री होसेन अमिर–अब्दुल्लाहियानको भनाइ, विदेशी मुद्रा सञ्चितिको कमीका कारण लामो समयदेखि ऊर्जाको अभाव कम गर्न पर्याप्त तेल आयात गर्न नसकिरहेको लेबनान राहत मिल्ने अनुमान ।
