Logo
Logo

लोकतन्त्रको डुंगालाई प्वाल पार्नु चिन्ताजनक : पूर्वप्रधानमन्त्री भट्टराई


567
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले इतिहासमा ढिलो प्राप्त लोकतन्त्रको डुंगालाई सबैले मौका मिल्नासाथ प्वाल पार्नु चिन्ताजनक रहेको बताएका छन् ।

संसदबाट पारित भएर दोस्रो पटक राष्ट्रपति कहाँ पुगेको नगरिकता विधेयक प्रमाणिकरण नभएपछि उनले प्रतिक्रिया दिंदै नेपालमा ढिलो गरि प्राप्त भएको लाकलन्त्रको अपमान भएको र लोकतन्त्र प्वाल पार्ने काम भएको बताएका हुन् ।

उनले सामाजिक सञ्जालमा स्टाटस पोष्ट गर्दै लोकतन्त्रको कार्यान्वयन र रक्षाका लागि सबैलाई जिम्मेवार बन्न आग्रह पनि गरेका छन् । ‘राष्ट्रपतिले संसदबाट २-२ चोटि पारित विधेयक प्रमाणीकरण गर्न आलटाल गर्नु, प्रधानन्यायाधीश महाभियोगमा पर्नु, दलहरू आसेपासे पोस्न लाग्नु, बैंक ब्याज बढाउनतिर लाग्नु आदि गम्भीर छन्,’ उनले भनेका छन्, ‘सबै जिम्मेवार बनौं ।’

नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको नेपाल नागरिकता(पहिलो संशोधन) ऐन २०७९ को विधेयक दोस्रो पटकक संसदबाट परित भई शीतल निवास पुग्दा समेत राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरिदिएपछि निस्क्रिय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्