Logo
Logo

राष्ट्रपतिको कदमप्रति कमल थपाको समर्थन


693
Shares

काठमाडौं । नागरिकता विधेयकमा राष्ट्रपतिको भूमिकालाई लिएर राजनीतिक दलका नेताहरुले आलोचना गरिरहेको बेला राष्ट्रिय प्रजातन्त्र पर्टी नेपालका अध्यक्ष कमल थापाले भने समर्थन जनएका छन् ।

थापाले राष्ट्रपति विद्यादेवी भण्डारीले विधेयक प्रमाणीकरण नगरेर राष्ट्रहित अनुकूलको कदम चालेको बताएका छन्। उनले सामाजिक सञ्‍जालमार्फत प्रतिक्रिया दिँदै भनेका छन्- ‘प्रादेशिक पहिचानसहितको नागरिकता,महिलाहरूको लैंगिक हकको कार्यान्वयन, वैवाहिक अंगीकृत नागरिकता सम्बन्धमा संविधान अनुकूल संशोधन नगरिएको नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको निर्णय स्वभाविक छ। राष्ट्रपतिको निर्णय राष्ट्रहित अनुकुल छ। संविधान संरक्षकको जिम्मेवारी निर्वाह भएको छ।’

उनी थप लेख्छन्-‘राजनीतिक स्वार्थ परिपूर्तिका लागि संविधान र राष्ट्रहितलाई तिलाञ्जलि दिने सरकारको प्रयास असफल भएको छ। राजनीतिक रुपमा विवादमा पर्ला,तर राष्ट्रपति विद्या भण्डारीको यो निर्णय ईतिहासले सदैव प्रशंसा गर्नेछ। राजा वीरेन्द्रले समेत राष्ट्रहित विपरितको नागरिकता विधेयकमा लालमोहर लगाउन अस्वीकार गरेको सर्वविदितै छ ।’

प्रतिक्रिया दिनुहोस्