Logo
Logo

राष्ट्रपतिको यो कदम संविधान असफल बनाउने संगीन षड्यन्त्र हो : वाग्ले


9.7k
Shares

काठमाडौं । राजनीतिक विश्लेषक गेजा शर्मा वाग्लेले नागरिकता विधेयक दोस्रो पटक पनि प्रमाणीकरण नगरेर राष्ट्रपतिले असंवैधानिक काम गरेको बताएका छन् । राष्ट्रपतिको यो कदमलाई संविधान नै असफल बनाउने षडयन्त्र भएको उनले टिप्पणी गरेका छन् ।

वाग्लेले बुधबार ट्वीट गर्दै भनेका छन्, ‘सार्वभौम संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा)ले पारित गरेको नागरिकता विधेयक दोस्रोपटक पनि प्रमाणीकरण नगरेर संविधानको संरक्षक र पालक राष्ट्रपतिबाटै असंवैधानिक काम गरिएको छ । यो विधेयक प्रमाणीकरण नगरिएको मात्रै होइन, संविधानसभाद्वारा बनेको संविधान नै असफल बनाउने संगीन षड्यन्त्र हो ।’

संघीय संसदले दोस्रो पटक पठाएको नागरिकता विधेयक संविधानअनुसार १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्नेमा राष्ट्रपति विद्यादेवी भण्डारीले नगरेपछि उनले यस्तो टिप्पणी गरेका हुन् । राजनीतिक दलहरुले पनि राष्ट्रपतिको यस कदमलाई षडयन्त्रका रुपमा लिँदै छलफल अगाडि बढाएका छन् ।

प्रतिक्रिया दिनुहोस्