Logo
Logo

स्मार्ट डोकोले ल्यायो ‘बडा दशैं कडा अफर’



काठमाडौं । नेपालकै उच्च मूल्याँकन गरिएको ईस्मार्ट एप स्मार्टले यस दशैंमा आफ्नो ग्राहकका लागि ‘बडा दशैँ कडा अफर’ ल्याएको छ ।

यस चाडपर्वमा ग्राहकले इलेक्ट्रोनिक्स, किराना समान, फेसन, सौन्दर्य तथा अन्य थुप्रै समानहरुमा ६७ प्रतिशतसम्म छुट पाउन सक्नेछन् । ग्राहकले हरेक दिन पान स्मार्ट वाच र एक जना भाग्यशाली ग्राहकले बम्पर उपहारमा सामसुङ ग्यालेक्सी स्मार्ट फोन जित्ने मौका पाउनेछन् ।

साथै, यस योजनामार्फत ग्राहकले हिमालयन बैंकमा एक हजार रुपैयाँ सम्मको १५ प्रतिशत क्यासब्याक पाउन सक्ने कम्पनीले जनाएको छ । जसलाई ग्राहकले डेबिट कार्ड, क्रेडिट कार्ड अथवा प्रिपेडकार्डबाट प्राप्त गर्न सक्नुे जनाएको छ ।

ग्राहकले ‘१ रुपैयाँ गेम’मा सहभागी भई थुप्रै रोमाञ्चक उपहारहरु जित्न सक्ने कम्पनीले जनाएको छ । काठमाडौं उपत्यकाभित्रका ग्राहकले रु. ७५० को न्यूनतम अर्डर मूल्यमा फ्रि डेलिभरीको सुविधापनि पाउनेछन् । भने नेपालका ७७ जिल्लामै डेलिभरीको सुविधा उपलब्ध रहेको छ ।

स्मार्टडोकोमा ५०,००० भन्दा पनि बढी सामानहरु उपलब्ध छन्, जसमा बेबीकेयर, इलेक्ट्रोनिक्स, किराना समान, स्वास्थ्य, फेसनलगायत मानवीय आवश्यक वस्तुहरू रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्