Logo
Logo

एमालेकाे आरोप- डेँगू नियन्त्रणमा सरकार असफल


693
Shares

काठमाडौं । नेकपा एमालेले सरकार डेँगू नियन्त्रणमा असफल जनाएको छ । एमालेको स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले विज्ञप्ति जारी गर्दै यस्तो आरोप लगाएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘रोगको फैलावटको तुलनामा सतर्कता, नियन्त्रण र उपचारमा सरकारसँग जुन तहको योजना, कार्यक्रम र सक्रियता हुनुपर्थ्यो त्यसमा सरकार चुकेको छ । सरकारी संयन्त्र असफल भएको छ ।’

एमालेले डेंगु रोगबाट पछिल्लो तथ्यांकअनुसार १७ हजार ५९४ जना प्रभावित भएका छन् भने स्वास्थ्य संस्थामा नआई घरमै रहेका विरामीहरुको संख्या योभन्दा निक्कै धेरै जनाएको छ ।

भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्यकर्मीहरु समेत संक्रमित भएका कारण विरामीको उपचारमा समस्या उत्पन्न भएको छ । सिटामोल लगायत अतिआवश्यक औषधीको अभाव भएको छ ।’

डेंगु रोगको मुल स्रोत लामखुट्टे नियन्त्रणका लागि समुदायस्तरको परिचालन गर्न, विरामीको पहिचान र परिक्षणलाई व्यापक र सहज बनाउन, अस्पतालको सेवा विस्तार गर्न, जनशक्ति र बजेट थप गर्न, तिनै तहका सरकारलगायत विभिन्न सरकारी÷गैरसरकारी निकायबीच समन्वयात्मक परिचालन गर्न एमालेले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्