काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो कदमविरुद्ध निर्णय गर्न सत्ता गठबन्धनका विद्यार्थी संगठनको बैठक बसेको छ । पुतलीसडकस्थित नेपाल विद्यार्थी संघको कार्यालयमा सत्ता गठबन्धनका विद्यार्थी नेताहरु बैठकमा जारी छ ।

राष्ट्रपति भण्डारीले दुबै सदनबाट पारित नागरिकता विधेयक स्वीकृत नगरेपछि उत्पन्न परिस्थितिका विषयमा छलफल गर्न विद्यार्थी संगठनहरुको बैठकमा बसेको हो ।
नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले राष्ट्रपति कदमविरुद्ध बेलुका ५ बजे देशव्यापी पुत्ला दहन गर्ने निर्णय गरिसकेको छ ।