धनगढी । मंगलबार नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं आउन अस्वीकार गरेका अनसनरत डा. गोविन्द केसी उपचारका लागि बुधबार साढे चार बजे काठमाडौं आउने भएका छन् ।

कैलालीको धनगढीमा अनसनरत केसी आज आफ्नै खर्चमा आउने तय भएको उनका सहयोगी प्रितम सुवेदीले जानकारी दिए । चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारको माग राख्दै १० दिनदेखि अनशनरत डा. केसी काठमाडौं आएपछि त्रिवि शिक्षण अस्पतालमा उपचार गरिने सुवेदीले बताए ।
डा.केसीलाई टाउको दुख्ने, रिँगटा लाग्ने, स्वास फेर्न गाह्रो हुने, धेरै कमजोरी, जस्ता समस्या देखिएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।












