जनकपुरधाम । पूर्वराष्ट्रपति डा. रामवरण यादवले संसदबाट दुई पटक पारित भएर प्रमाणीकरणका लागि पठाइको नागरिकता विधेयक पारित नगरेर राष्ट्रपतिले संविधानकै उल्लंघन गरेको टिप्पणी गरेका छन् ।

बुधबार जनकपुरधामस्थित सरस्वती नमुना माध्यमिक विद्यालयको भवन निर्माण एवं परिसर सुधार कार्य शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति यादवले यस्तो बताएका हुन् ।
पूर्वराष्ट्रपति यादवले विभिन्न मुलुकका अभ्यास हेर्नुपर्ने, कानुनविद्, संविधानविद् तथा विद्वानहरूसँग छलफल गरेर अघि बढ्न सक्ने विकल्प हुँदा हुँदै पनि त्यसो नगरी संविधानमै नभएको बाटो राष्ट्रपतिले रोज्नु गलत भएको बताए ।












