Logo
Logo

राष्ट्रपतिको कदमविरुद्ध कानुनी उपाय खोज्छौँ : माधव


2.1k
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नागरिकता विधेयक पारित नगर्ने राष्ट्रपतिको कदमविरुद्ध कानुनी उपाय खोजिने बताएका छन् ।

बुधबार काठमाडौंमा पार्टी निकट युवा संघ नेपालको बैठकपछि सञ्चारकर्मीसंग कुरा गदै अध्यक्ष नेपालले संवैधानिक व्यवस्थालाई उलंघन गरेर राष्ट्रपतिले राम्रो काम नगरेको र नजिर पनि राम्रो नबसेको भन्दै कानुनी उपाय खोजिने बताए ।

कानुनी उपाय खोज्ने बारेमा गठबन्धनमा छलफल भइरहेको पनि उनले जानकारी दिए । उनले राष्ट्रपतिले अहिले संविधान नै उलंघन गरेका कारण भविष्यमा पनि कानुन उलंघन गर्ने संभावना देखिएको तर्क गरे ।
अध्यक्ष नेपालले नागरिकता विधेयकका विषयमा अध्यादेशमा जान नहुने बताए ।

त्यसअघि कार्यक्रममा अध्यक्ष नेपालले सीट बाँडफाँटमा कांग्रेसले दम्भ देखाएको बताए । उनले कांग्रेसमा देश नै आफ्नो पेवा ठान्ने जस्तो प्रवृत्ति देखिएको समेत जिकिर गरे ।

अध्यक्ष नेपालले शक्ति बढ्दा कुरा ठूला आउने र कमजोर हुँदा सवैले हेप्ने भएकाले पार्टीलाई बलियो बनाउनुपर्ने बताए । त्यस्तै उनले सीट बाँडफाँटमा सहमतिको अन्तिम प्रयास जारी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्