काठमाडौं । अनेरास्ववियु क्रान्तिकारीले राष्ट्रपतिको पुत्ला दहन गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक हस्ताक्षर नगरेको भन्दै विरोधमा बानेश्वर क्याम्पस अगाडि पुत्ला जलाएको हो ।

प्रतिनिधिसभा र राष्ट्रियसभाबाट बहुमतले पारित गरेर प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरेपछि अनेरास्ववियु क्रान्तिकारीले पुत्ला दहन गरेको हो ।
सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरी राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाएको मंगलबार १५ दिन पुगे पनि उनले प्रमाणीकरण नगरेका हुन् । गत २० भदौमा नागरिकता विधेयक शीतल निवास पठाइएको थियो ।