Logo
Logo

यूएईमा नेपालका भरत विकले जिते ३५ करोडको चिठ्ठा


630
Shares

काठमाडौं । संयुक्त अरब इमिरेट्स युएईमा काम गर्ने एक नेपाली युवाले  ३५ करोड रुपैयाँ बराबरको चिट्ठा जितेका छन्। 

केही वर्षदेखि दुबईमा कार सफा गर्ने काम गरिरहेका ३१ वर्षीय भरत बिश्वकर्माले युएईको चर्चित मजुज चिठ्ठामा १ करोड दिराम जितेका हुन्।

गल्फ न्यूजका अनुसार उक्त चिठ्ठा जित्ने भरत पहिलो नेपाली हुन्। मासिक १,३०० मात्रै कमाउने उनी सबैभन्दा कम कमाउने विजेता मध्येका एक हुन्।मजुजले साप्ताहिक रूपमा खुलाउने यो चिठ्ठामा भरतले दुई वर्षदेखि काटिरहेका थिए। अन्ततः उनको भाग्य खुल्यो र अहिले उक्त चिठ्ठा जित्न सफल भए।

यो चिठ्ठा जित्नुअघिसम्म दुबईमा बैंक खातासमेत थिएन। ‘म त निकै खुसी छु’ उनले भने, ‘शनिबार राति टिभीमा लाइभ हेरिरहेको थिएँ, मैले स्क्रिनमा आफ्नै चिठ्ठा नम्बर देखेँ, त्यसपछि खुसीले सुत्नै सकिनँ।’

यो पैसाले भरत आफ्नो ऋण तिर्न र परिवारका लागि राम्रो बन्दोबस्तीको व्यवस्था गर्न चाहन्छन्। आफ्ना तीन र पाँच वर्षका दुई सन्तानका लागि यो रकम खर्च गर्ने उनको योजना छ। साथै उनले ब्रेन ट्युमरपछि प्यारालाइसिस भएका आफ्ना भाइको अपरेशनका लागि पनि केही पैसा खर्च गर्न चाहन्छन् ।

प्रतिक्रिया दिनुहोस्