Logo
Logo

१६५ क्षेत्रका निर्वाचन अधिकृतलाई १२ गतेदेखि अभिमुखीकरण


756
Shares

काठमाडौं । निर्वाचन आयोगले १६५ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत नियुक्त गरेको छ । मंसिर ४ गते हुने प्रतिनिध सभा र प्रदेश सभा निर्वाचन गराउन आयोगले मुख्य निर्वाचन अधिकृत र अधिकृतहरू नियुक्त गरेको हो ।

नियुक्त भएका अधिकृतहरूलाई १२ र १३ गते निर्वाचन व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम राखिएको छ । यो कार्यक्रममा अनिवार्य रुपमा उपस्थित हुन आयोगले सूचना जारी गरेको छ । अभिमुखीकरण कार्यक्रमपछि निर्वाचन अधिकृतहरूलाई नियुक्ति पत्र प्रदान गरिने आयोगले जनाएको छ ।

मंसिर ४ गते हुने निर्वाचनका लागि यसअघि समानुपातिक निर्वाचन प्रणालीका लागि बन्दसूची दर्ता भइसकेको छ । प्रत्यक्ष निर्वाचनका लागि यही असोज २३ गते मनोनयम दर्ताको कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्