Logo
Logo

सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बढ्यो



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार पाँच सय रुपैयाँले मूल्य बढेको हो । आज छापावाल सुनको मूल्य तोलामा ९१ हजार ८ सय र तेजाबी सुनको मूल्य ९१ हजार ३ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । महासंघका अनुसार बुधबार तोलामा ११ सय ७० रुपैयाँ रहेको चाँदी आज तोलामा ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्