Logo
Logo

रुकुम पूर्वमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु, १३ घाइते


567
Shares

दाङ । रुकुम पूर्वमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । भूमे गाउँपालिका वडा नम्बर–३ स्थित क्याङ्सी बगरमा ग १ ख ९१०९ नम्बरको बस दुर्घटना भएको हो ।

दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । घाइतेहरुको जिल्ला अस्पताल रुकुम कोटमा उपचार भइरहेको छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

मृतकहरुको सनाखत हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्