Logo

सशस्त्र प्रहरीले माग्यो १५२ इन्सपेक्टर र असई



काठमाडौं । सशस्त्र प्रहरीले निरीक्षक .इन्सपेक्टर) र सहायक निरीक्षक (असई) माग गरेको छ ।

लोकसेवा आयोगको सहमतिमा सशस्त्र प्रहरीले शुक्रबार सार्वजनिक सूचना जारी गरी १५२ इन्सपेक्टर र असई मागेको हो ।

७१ सशस्त्र प्रहरी निरीक्षक (साधारण उपसमूह), ८ सशस्त्र निरीक्षक (कानुनतर्फ) र ७३ सहायक निरीक्षक (साधारण उपसमूहतर्फ) माग गरिएको हो । योग्यता पुगेका इच्छुक व्यक्तिले आजदेखि ७ कात्तिकभित्र आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्