Logo
Logo

‘सुपर डान्सर नेपाल’मा स्वस्तिमाको इन्ट्री



काठमाडौं । रियलमी प्रेजेन्ट्स सुपर डान्सर नेपालमा अब अभिनेत्री स्वस्तिमा खड्काको इन्ट्रि भएको छ । यो रियालिटी शो हाल कान्तिपुर टेलिभिजन र ओएसआर रियालिटी युट्युबमार्फत प्रशारण भइरहेको छ ।

नेपाली बिज्ञापन बजारको चिरपरिचित संस्था एडी रिलिजको प्रस्तुति र निर्माण रहेको यस सुपर डान्सर नेपालको १२ एपिसोड प्रसारण भइसकेको छन् छ ।

उत्कृष्ट दश सुपर डान्सरले आफ्नो दमदार नृत्य कला देखाइरहेका छन् । यसैबेला अभिनेत्री स्वस्तिमा खड्का इन्ट्रि भएकी हुन् । आफ्नो अभिनय कौशल र नृत्यकलाका कारण चर्चित स्वस्तिमाले थुप्रै सिनेमा र म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् ।

अभिनेत्री खड्काले सन् २०१५ को किशोर प्रेमयुक्त ‘होस्टल रिटर्न्स’मा अभिनेत्रीको रूपमा पदार्पण गरेकी थिइन्, जसका लागि उनलाई सर्वश्रेष्ठ सहायक अभिनेत्रीको लागि राष्ट्रिय चलचित्र पुरस्कारका लागि मनोनयन गरिएको थियो ।
स्वस्तिमाको सहभागिता रहेको उक्त एपिसोड बिहीबार र शुक्रबार राती ९ बजे प्रशारण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्