Logo
Logo

परराष्ट्रमन्त्री र यरोपियन संसदीय टोलीबीच भेटवार्ता


378
Shares

काठमाडौं । युरोपेली संसदीय प्रतिनिधिमण्डलको टोलीले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेट गरेको छ । नेपालको दुईदिने भ्रमणमा बिहीबार काठमाडौं आइपुगेका यो टोलीले शुक्रबार बिहान मन्त्रालयमा डा. खड्कासँग भेट गरेको हो ।

उक्त भेटमा नेपाल र यूरोपियन युनियनका द्विपक्षीय सहकार्यका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पर्यावरण, जलवायु परिवर्तन तथा नवीकरणीय उर्जा, व्यापार तथा लगानी, विकासशील मुलुकमा नेपालको अवस्था र त्यसको तयारीका विषयमा छलफल भएको हो ।

युरोपेली संसदीय प्रतिनिधिमण्डलको टोली नेपालको संवधिान २०७२ जारी भएयता संघीय लोकतान्त्रिक प्रणाली कार्यान्वयनको प्रगातिबारे जानकारी लिन र द्विपक्षीय सहकार्यका विषयमा छलफल गर्न नेपाल भ्रमणमा आएको हो ।

युरोपेली संसदको भ्रमण टोलीमा अष्ट्रियाबाट रेग्नर नेतृत्वमा जर्मनीबाट उलरकी मुलर, म्याक्समिलियिन केराह र चेक रिपब्लिकाबाट टमस जेचोभस्की छन् ।

प्रतिक्रिया दिनुहोस्