Logo
Logo

वार्षिक बजेटका कार्यक्रमबाहेक रकमान्तर नगर्न सरकारलाई आयोगको ध्यानाकर्षण


252
Shares

काठमाडौं । निर्वाचन आयोगले संसदबाट पारित बजेटभन्दा फरक कार्यक्रमलाई अनुमति नदिन अर्थ मन्त्रालयलाई ध्यानाकर्षण गराएको छ । चुनावको मिति घोषणा भइसकेको अवस्थामा नयाँ कार्यक्रम सञ्चालन हुँदा निर्वाचनको स्वच्छतामा असर पर्ने भन्दै आयोगले अर्थलाई ध्यानाकर्षण गराएको हो ।

आयोगका प्रवक्ता शालिकराम पौडेलले शुक्रबार विज्ञप्ति जारी गर्दै बजेटभन्दा बाहिरबाट रकमान्तर नगर्न सरकारको ध्यानाकर्षण गराइएको जनाएका हुन् । बजेटभन्दा पृथक हुनेगरी रकमान्तर गरी नयाँ कार्यक्रम सञ्चालन गरेको भएको भए त्यसको जानकारी २४ घण्टाभित्र गराउन समेत आयोगले ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया दिनुहोस्