
१. ‘नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९’ को प्रमाणीकरण सम्बन्धमा परेको रिटको पेसी पर्सि आइतबार हुने, आजलाई तोकिएको पेसी समय अभावका कारणले हेर्न नभ्याइएपछि आइतबारलाई सारिएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलद्वारा जानकारी, नागरिकता विधेयक प्रमाणीकरणका लागि पाँच वटा रिट दर्ता ।

२. लोकतान्त्रिक समाजवादी पार्टीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा एमालेसहित विचार मिल्ने पार्टीहरूसँग तालमेल गर्ने, चुनावी तालमेलबारे छलफल गर्न वरिष्ठ नेता राजेन्द्र महत्तोको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन, कार्यदलमा शरतसिंह भण्डारी, अनिलकुमार झा, सर्वेन्द्रनाथ शुक्ल, लक्ष्मणलाल कर्ण र जितेन्द्र सोनल ।

३. कोरोना महामारीको अवधिमा मानव बेचबिखन तथा ओसारपसारको बढ्यो, बेरोजगारीको समस्या वृद्धि भएको र त्यही कारण मानव बेचबिखनसमेत बढेको राष्ट्रिय मानव अधिकार आयोगको ठहर, दुई वर्षको अवधिमा २७० वटा मानव बेचबिखनका उजुरी, मनोरञ्जनका क्षेत्रहरुमा महिलाहरुप्रति श्रम शोषण, यौन दुव्र्यवहार भइरहेको प्रतिवेदन ।

४. सभापति शेरबहादुर देउवामाथि दबाब बढाउँदै शेखर कोइराला समूह, दिनहुँजसो समानान्तर बैठक, भेला र छलफल कार्यक्रम, कांग्रेसमा टिकट वितरणमा एकलौटी गर्ने प्रयास भइरहेको आरोप, सभापति देउवाले प्रतिस्पर्धी समूहलाई टिकट वितरणमा सम्मानजनक ढंगले व्यवहार नगरे प्रतिकार गर्ने, समानुपातिक सूचीमा देउवाले एकलौटी गरेको कोइराला समूहको आरोप ।

५. आगामी निर्वाचनमा एमालेले गठबन्धनलाई त्रिशूलीको भेलले जसरी बगाउने निश्चित भएको एमालेका अध्यक्ष केपी शर्मा ओलीको दाबी, एमालेसँग एक्लै भिड्न नसक्ने भएपछि सत्तारुढ दलहरु गठबन्धन बनाएर निर्वाचनमा जान बाध्य भएको टिप्पणी, अनेकथरी प्रतिक्रियावादी शक्तिहरु मिल्दा पनि एमालेलाई कमजोर बनाउन नसकेको जिकिर, एमालेको लहर देखेर सत्तारुढ गठबन्धन थरर काम्ने गरेको भनाइ ।

६. यही असोज १५ देखि २० गतेभित्र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसक्न निर्वाचन आयोगको निर्देशन, कार्यालय स्थापना भएपछि उक्त कार्यालय स्थापना भएको जानकारी आयोगलाई गराउनुपर्ने, पूर्वसहमति बिना तोकिएको निर्वाचन क्षेत्र नछाड्न सबै निर्वाचन अधिकृतलाई निर्देशन ।

७. प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै गए पनि सत्तारुढ पाँच दलीय गठबन्धले सिट बाँडफाँट टुङ्गो लगाउन सकेन, गठबन्धनमा आवद्ध पाँचै दलको आ–आफ्नै अडान कायम रहँदा कुरा मिलेन, गठबन्धनमा कुरा नमिल्दा नेता कार्यकर्ता अन्योल ।

८. आर्थिक वर्ष २०७९/८० मा समावेश बाहेकका योजना र कार्यक्रमको विवरण २४ घण्टाभित्र बुझाउन अर्थ मन्त्रलायलाई निर्वाचन आयोगको निर्देशन, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई प्रभावित पार्नेगरी नयाँ योजना र कार्यक्रम कार्यान्वयनमा आएको गुनासो, नयाँ योजना तथा कार्यक्रम सञ्चालन हुँदा निर्वाचनको निष्पक्षता, स्वतन्त्रता र स्वच्छतामा प्रतिकूल असर गर्ने भनाइ ।

९. भारतको गुवाहाटीमा आयोजना हुने दक्षिण एशियन जुनियर रिजनल ब्याडमिन्टन च्याम्पियनसिप २०२२ मा सहभागी हुन जाने नेपाली टोलीलाई बिदाइ, सेप्टेम्बर २६ देखि ३० सम्म आयोजना हुने च्याम्पियनसिपमा सहभागी टोलीको नेतामा नेपाल ब्याडमिन्टन सङ्घका सदस्य छविलाल शाही, नेपाली टोलीले यु–१५ र यु–१७ मा महिला तथा पुरुष एकल र युगल, मिक्स युगल र मिक्स टिम इभेन्ट्समा प्रतिस्पर्धा गर्ने ।

१०. न्युयोर्कमा चिनियाँ विदेशमन्त्री वाङ यी र उनका युक्रेनी समकक्षी दिमित्रो कुलेबाबीच भेटवार्ता, नियन्त्रित क्षेत्रहरू जनमत सङ्ग्रहमा रूसको भाग बन्ने वा नबन्ने बारेमा मतदान गैरकानुनी भएको भन्दै निन्दा, युक्रेनमा ‘युद्ध अपराध’ भएको संयुक्त राष्ट्रसङ्घका अनुसन्धानकर्ताको भनाइ, मृत्युदण्ड, बालबालिकामाथि बलात्कार र यातना दिइएको प्रमाण भेटेको भनाइ ।
