Logo
Logo

रेल चढेर कार्यक्रम स्थल पुगे ओली


1.6k
Shares

काठमाडौं । पार्टीमा प्रवेश कार्यक्रममा सहभागी हुन जनकपुर पुगेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पहिलो पटक रेल चढेका छन् । शनिबार पार्टी प्रवेश कार्यक्रमको लागि जनकपुर आएका ओली रेल चढेर धनुषाको विदेह नगरपालिका तीनकौरिया पुगेका हुन् ।

उनलाई पर्खिँदा जनकपुर–जयनगर रेल निर्धारित समयभन्दा एक घण्टा ढिलो जनकपुरबाट जयनगरबाट गुडेको हो । पार्टी प्रवेश कार्यक्रम स्थल तिनकौरिया पुग्न ओलीले महिनाथपुर स्टेशनसम्म रेल चढेका हुन् । रेल चढ्न उनले टिकट नै किनेका थिए ।

काठमाडौँबाट जनकपुरधाम आउने विमान ढिलो भएका कारण ओली आउन ढिलाइ हुँदा ११ बजे जनकपुरबाट जयनगर गुड्ने रेल १२ बजेर ४ मिनेटमा गुडेको हो ।

लोकतान्त्रिक समाजवादी पार्टीका नेता उमाशंकर अरगरिया, निवर्तमान सांसद अमृता अग्रहरि लगायतलाई ओलीले पार्टीमा स्वागत गर्ने कार्यक्रम रहेको एमाले केन्द्रीय सदस्य रामचन्द्र मण्डलले जानकारी दिए ।

यसअघि उनी नेपाली काँग्रेसका युवा नेता सन्तोष यादवलगायतका नेतालाई पार्टीमा प्रवेश गराउन भदौ २७ गते जनकपुर पुगेका थिए । लोसपाका अध्यक्ष ठाकुरले हिजो नै पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा वार्ता समिति गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्