Logo
Logo

दलाल पुँजीवादी प्रभाव कम गर्न निर्वाचन खर्च नियन्त्रण गर्नुपर्छ : डा विजयकुमार पौडेल


1k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपमहासचिव डा. विजयकुमार पौडेलले नेपालमा दलाल पुँजीवाद प्रभावी भएको बताएका छन् ।

नेकपा एकीकृत समाजवादी काठमाडौ क्षेत्र नं. ४ ले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उनले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै उनले नेपालमा प्रभावी भएको पुँजीवादीमा राष्ट्रिय चरित्र भने नरहेको बताए । दलाल पुँजीवादीको प्रभाव कम गर्न निर्वाचन खर्च नियन्त्रण गर्नुपर्ने उनको भनाइ छ ।

उनले जनताको बिचमा विचार लिएर जाने हो भने वास्तविक कम्युनिस्ट पार्टी बनाउन सकिने पनि बताउनुपर्ने बताए । देशको बिकासको आधार कृषि भएको र कृषकको उत्पादन बिक्रीको ग्यारेन्टी गरे समाजवादी सपनातर्फ एक कदम अगाडि बढ्न सकिने उनको धारणा छ ।

उनले भने, ‘हाम्रा स्थानीय उत्पादनलाई ब्रान्डिङ गरेर अन्तर्राष्ट्रिय बजारमा पुर्याउन सके राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न सकिन्छ ।’

प्रतिक्रिया दिनुहोस्