काठमाडौं । नेपाली बजारमा आज आइतबार पहेँलो धातु सुनको भाउ घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामा एक हजार रुपैयाँले घटेको हाे ।
शुक्रबार ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य ९१ हजार ३ सय प्रतितोला कायम भएको छ । शुक्रबार तेजावी सुन ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको भाउ ३० रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला १२ सय रुपैयाँमा खरिद बिक्री भएको चाँदीकाे भाउ आज ११ सय ७० रुपैयाँ कायम भएको छ ।