Logo
Logo

प्रभु बैंक र होलिडे क्याम्पबीच आकर्षक छुट सम्झौता



काठमाडौं । प्रभु बैंक लिमिटेड र कोबाङ, थासाङस्थित होलिडे क्याम्पबीच विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट जोम्सोम क्षेत्र प्रमुख नरेन्द्र थकाली र होलिडे क्याम्पका तर्फबाट प्रोप्राइटर राजु गौचनद्वारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

प्रभु बैंक र उक्त होटलबीच सम्पन्न सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका सम्पूर्ण ग्राहक महानुभावले होलिडे क्याम्पद्वारा सञ्चालित ‘फुड’, ‘वेभरेज’ र ‘लजिङ’ सेवामा १० प्रतिशत छुट प्राप्त हुने भएको छ ।

उक्त सम्झौताअन्तर्गत होलिडे क्याम्पमा सुविधा लिन चाहनुहुने प्रभु बैंकका ग्राहक महानुभावले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ च्यानल प्रयोग गरी भुक्तानी गर्दा, होलिडे क्याम्पका उल्लेखित सेवामा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाइएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभाव लाभान्वित हुनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्