Logo
Logo
दृष्टिका १० हेडलाइन्स्

निर्वाचन आचारसंहिता पालन गर्ने प्रतिबद्धतादेखि सेयर बजारमा पहिरोसम्म



१. आगामी मंसिरमा हुने निर्वाचनका सन्दर्भका जारी हुने निर्वाचन आचारसंहिता इमान्दारीपूर्वक पालन गर्ने सरकार र राजनीतिक दलहरुको प्रतिबद्धता, निर्वाचन आयोगले प्रधानमन्त्री, गृहमन्त्री र राजनीतिक दलका अध्यक्ष एवं प्रतिनिधिलाई बोलाएर निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा सम्पन्न गर्न/गराउन आचारसंहिता पालनाका लागि प्रतिबद्धता गराइयो, निर्वाचन प्रचारप्रसारको लागि समय बढाउन दलहरुको माग ।


२. राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सभामुख अग्नि प्रसाद सापकोटाको पदावधि र सभामुखको हैसियतमा सापकोटाले गरेका निर्णयहरुमाथि प्रश्न उठाए, संघीय संसद सचिवालयका महासचिवलाई तिमल्सिनाको पत्र, सभामुख सापकोटाले असोज ५ गते सभामुखको हैसियतमा गरेको निर्णय कार्यान्वयन नगराउन निर्देश ।


३. प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सेना परिचालन गर्न स्वीकृति, निर्वाचन स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न सेना परिचालन गर्न स्वीकृति दिएको राष्ट्रपति कार्यालयद्वारा जानकारी, मन्त्रिपरिषद्को भदौ २७ को निर्णय तथा प्रधानमन्त्रीको भदौ २७ को पत्रबमोजिम निर्वाचनमा सेना परिचालन गर्न संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान ।


४. सभामुख र उपभामुखको पदावधि कहिलेसम्म भन्ने विषयमा परेको रिटमा सर्वोच्च अदालतको कारण देखाऊ आदेश, अधिवक्ताहरू किशोर पौडेल, जगन्नाथ दुलाल र अनुपम भट्टराईले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुयालको इजालासले अन्तरिम आदेश दिएन, निवेदकलाई अपूरणीय क्षति हुने अवस्था नदेखिएकाले निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी नगरेको आदेशमा उल्लेख ।


५. बजार अनुगमनलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन, चाडपर्वको समयमा बजारमा अवाञ्छित गतिविधि हुनेतर्फसचेत रहँदै आ–आफ्नो क्षेत्राधिकारअनुसार बजार अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने, आफू मातहत सबै निकायलाई प्रभावकारी बजार अनुगमनका लागि निर्देशन दिइसकेको र अन्तरमन्त्रालय समन्वय गरी अनुगमन कार्यलाई थप प्रभावकारी बनाउन लाग्नुपर्ने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूको भनाइ ।


६. राष्ट्रिय सूचना अयोगले हुने सङ्घ र प्रदेश निर्वाचन सम्पन्न भएपश्चात कानुन बमोजिम उम्मेदवारले पेस गरेको निर्वाचन खर्चको विवरण सार्वजनिक गर्ने, उम्मेदवारले पेस गरेको मनोनयन पत्र तथा संलग्न कागजात सर्वसाधारण मतदाताले पनि जानकारी पाउने गरी सार्वजनिक गर्ने व्यवस्था गर्ने निर्णय, निर्वाचनलाई निष्पक्ष, स्वच्छ, पारदर्शी र जिम्मेवार बनाउन तथा मतदाताले अधिकतम् जानकारी पाउने वातावरण बनाउन आवश्यकताका आधारमा निर्वाचन आयोगमा सुझाव पठाइने ।


७. निकै ठूलो त्याग र तपस्यापछि देशमा लोकतान्त्रिक गणतन्त्र आएको र व्यवस्था बदलिए पनि जनताको अवस्था बदलिन नसकेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भनाइ, सामाजिक न्याय र समानतालाई नयाँ उचाइमा पु¥याउन आवश्यक रहेको धारणा, देश सङ्घीय गणतन्त्रमा आइसकेको र अब देशलाई विकास निर्माण र सम्वृद्धिको आवश्यकता भएको ठहर ।


८. चाडपर्वमा हुनसक्ने दुर्घटना कम गर्न महानगरीय ट्राफिक प्रहरी कार्यालयद्वारा उपत्यकाभित्र चल्ने र यहाँबाट बाहिरिने सवारीसाधनको जाँचमा कडाइ, छतमा यात्रा गर्न नदिने, सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने, चालकले मापसे गरेर चलाएको छ छैन जाँच गर्ने र गाडीको अवस्था जाँच गरिने, उपत्यकामा पनि दसैँमा सडक खुकुलो हुँदा तिव्र गतिमा चलाउने, मापसे गरेर चलाउने गर्दा दुर्घटनाको सम्भावना बढी भएको भनाइ ।


९. धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकको ओरालो यात्रा जारी, आज २३ दशमलब ८३ अङ्कले घटेर एक हजार ८१५ दशमलब १३ मा झर्यो, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इनडेक्स तीन दशमलब ८३ अङ्कले ओरालो लागेर तीन सय ५५ दशमलब ६० मा सीमित, दुई सय २८ कम्पनीको ४० लाख १४ हजार चार सय १९ कित्ता शेयर एक अर्ब सात करोड २४ लाख ८० हजार ९७ रुपैयाँमा खरिद बिक्री ।


१०. यमनमा युद्धविराम लम्ब्याउन संयुक्त राष्ट्रसङ्घीय विशेष प्रतिनिधिद्वारा प्रस्ताव, यमनमा जारी युद्धविरामलाई लामो समयसम्म लम्ब्याउन आफूले यमनका द्वन्द्वरत समूहसमक्ष प्रस्ताव पेश गरेको संयुक्त राष्ट्रसङ्घका विशेष दूत हान्स ग्रुन्डबर्गको भनाइ, उत्तर कोरियाले ब्यालेस्टिन क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाको दाबी, दक्षिण कोरियाको उत्तरी सामुन्द्रिक क्षेत्रमा पर्ने गरी छोटो दुरीको एक ब्यालेस्टिन क्षेप्यास्त्र प्रहार भएको दक्षिण कोरियाली सेनाका प्रमुखद्वारा जानकारी ।

प्रतिक्रिया दिनुहोस्