Logo
Logo

यस्तो छ आजको मौसम पुर्वानुमान



काठमाडौं । आज देशका अधिकांश भुभागको मौसममा आंशिकदेखि सामान्य बदली रहेको छ। हाल प्रदेश नं १ का थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका एक-दुई स्थानहरूमा हल्का वर्षा भइरहेको मौसम पुर्वानुमान महाशाखाले जनाएकाे छ।

सोमबार प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

मंगलबार प्रदेश १ र बागमती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक(दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्