Logo
Logo

प्रचण्ड आज आफ्नै नयाँ घरमा सर्दै



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज नयाँ घरमा सर्दैछन्।

आज प्रचण्ड भरतपुर महानगरको–१४ नम्बर वडामा बनेको आफ्नो नयाँ घरमा सर्न लागेका हुन्। यसअघि शिवनगरमा भाडामा घर लिएर बसेका प्रचण्ड आफ्नै घरमा सर्न लागेका हुन्। शिवनगरकै नजिक प्रचण्ड टोलमा बनेको नयाँ घरमा प्रचण्ड सर्न लागेका हुन्।

उनी बिहान ११ बजे नयाँ घरमा सर्ने कार्यक्रम रहेको पारिवारिक स्रोतले जनाएको छ । प्रचण्ड पत्नी सीता दाहालसँगै चितवन पुगेका छन्। चुनावी प्रचार र पार्टी कामका लागि उनी हिजो चितवन पुगेका थिए । आफ्नो निर्वाचन क्षेत्र चितवन ३ का नेता तथा कार्यकर्तासँग विविध राजनीतिक गतिविधि सञ्चालन गर्ने कार्यतालिका रहेको जनाइएको छ ।

आइतबार उनले एक कार्यक्रमबीच अन्य पार्टीका केही कार्यकर्तालाई माओवादी केन्द्रमा स्वागत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्