Logo
Logo

समानुपातिकमा किन र सकरी परे भन्ने बहस बेकार हो : नेता बास्कोटा



काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बास्कोटाले समानुपातिक सूचीमा को किन र कसरी परे भन्ने बहस बेकारको भएको बताएका छन् ।

सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेस पार्टी भित्र समानुपातिक सूचिलाई लिएर विवाद चलिरहेका बेला उनले सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो प्रतिक्रिया जनाएका हुन् ।

‘समानुपातिक सूचीमा को किन र कसरी परे भन्ने बहस गर्नु बेकार हो,’ नेता बास्कोटाले भनेका छन्, ‘यस्को मर्म समावेशीता हो । कमवेसी अपवाद, मुल रुपमा यो डाडुपन्यु टीमको इच्छावेशीता हो ।’

उनले समयमै अपारदर्शी प्रणालीको विकल्प खोज्न आग्रह समेत गरेका छन् । ‘समयमै पार्टीहरुले ३३ प्रतिशत सोझै महिला उमेदवार उठाऊ वा अपारदर्शी प्रणालीको विकल्प खोज । हैन भने भैंसीका अघि वीरही भाकामा वीन नबजाऊ, मित्रजन !,’ उनले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्