Logo
Logo

गंगाराम यादवद्वारा एमाले पार्टी परित्यागको घोषणा



जनकपुरधाम । नेकपा एमालेका सल्लाहकार समिति सदस्य गंगाराम यादवले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

एमाले पर्टी कम्युनिष्टको विचार, नीति र सिद्धान्त विपरीत चल्न थालेको भन्दै उनले पार्टी परित्याग गरेको बताएका छन् । लामाे समयदेखी एमालेको राजनीतिमा सक्रिय भुमिकामा रहेका उनी धनुषा क्षेत्र नं. २ बाट प्रतिनिधि सभाका लागि लोसपा प्रमुख सचेतक उमाशंकर अरगरियालाई पार्टी प्रवेश गराएपछि रुष्ट बनेका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले धनुषाको क्षत्र न. २ मा अरगरियालाई टिकट दिने भएपछि असन्तुष्ट रहेका यादव आज जसपामा प्रवेश गर्ने भएका छन् । आज उनले जनकपुरमा पत्रकार सम्मेलनमार्फत एमाले परित्यागको घोषणा गरेर जसपामा प्रवेश गर्ने कार्यक्रम छ । जसपाले यादवलाई धनुषाको क्षेत्र न. २ बाट उम्मेदवार बनाउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्