Logo
Logo

बाबुरामको पार्टीका केन्द्रीय सदस्यसहित १५ नेता माओवादीमा प्रवेश



बुटवल । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका १५ भन्दा बढी नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्यद्वय यज्ञ पोखरेल, अतिउल्लाह मुसलमान लगायतका नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । त्यस्तै, जसपा प्रदेश कमिटी सदस्य गीता श्रीवास्तव पनि माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

उनीहरुलाई माओवादी केन्द्र लुम्बिनी प्रदेशका इन्चार्ज चक्रपाणि खनालले पार्टीमा स्वागत गरे ।

प्रतिक्रिया दिनुहोस्