Logo
Logo
दृष्टिका १० हेडलाइन्स्

हिमपहिरोदेखि इन्टरपोलको सूचीमा सन्दीपसम्म



१. मनास्लु हिमालको आधार शिविरमा गएको हिमपहिरोमा परेर एक जनाको मृत्यु, हिमाल आरोहणका लागि विदेशी पर्यटकसँगै गएका अनुप राईको मृत्यु भएको प्रहरीद्वारा जानकारी, १५ जना घाइते, उद्दार गरिएको चारै जनाको पहिचान खुल्न सकेन, हेलिकप्टरमार्फत उपचारका लागि दुई जनालाई काठमाडौं ल्याइयो, मानवीय क्षतिबारे यकिन विवरण आउन बाँकी ।


२. आसन्न निर्वाचन बहिस्कार घोषणा गरेका वामपन्थी चार राजनीतिक दलद्वारा संघर्षका कार्यक्रम घोषणा, नेकपा क्रान्तिकारी माओवादी, नेकपा बहुमत, नेकपा मसाल र माओवादी कम्युनिष्ट पार्टी नेपालले सार्वजनिक गरे संघर्षका कार्यक्रम, महंगी, बेरोजगारी, उपभोग्य वस्तुको अभाव, भ्रष्टाचार, कोभिड, डेंंगुलगायतका रोगव्याधि झेलिरहेका नेपाली जनतामाथि निर्वाचन थुपारिएको भनाइ ।


३. हिन्दू धर्मावलम्बीहरुको महान पर्व दसैँ आजबाट सुरु, घर घरमा जमरा राखी नवदुर्गाको पूजा आराधना, शुभ साइतमा घटस्थापना गरी दसैँ घर वा पूजा कोठामा जौ रोपेर जमरा राखियो, पहिलो दिन घर घरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरियो, दुर्गा देवीका तीन वटा रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक पूजा आराधना ।


४. दसैँमा काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुको संख्या ह्वात्तै बढ्यो, नागढुङ्गा, साँगाभञ्जाङ, मुड्खु र फर्पिङ हुँदै उपत्यका छोड्नेको सङ्ख्या दैनिक ५० हजार भन्दामाथि, यसपटक दसैँमा करिब २० लाख उपत्यकाबाट बाहिर जाने अनुमान, दसँैमा घर जाने यात्रुलाई सहजीकरण गर्न ट्राफिक प्रहरीद्वारा गोंगबु, चाबहिल, कोटेश्वर, कलङ्कीलगायत उपत्यकाका १४ यात्रु सहायता कक्ष स्थापना ।


५. नाबालिग किशोरी बलात्कारको आरोपमा सम्पर्कविहीन रहेका राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध इन्टरपोलले ‘डिफ्युजन नोटिस’ जारी, नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलद्वारा लामिछानेविरुद्ध फरारसूचीमा राख्दै डिफ्युजन नोटिस जारी, उक्त नोटिस जारी भएसँगै लामिछाने इन्टरपोलका सदस्य राष्ट्रका प्रहरीको फरारसूचीमा, लामिछाने भेटिए सम्बन्धित देशका प्रहरीले पक्राउ गरी नेपाल प्रहरीलाई बुझाउने ।


६. नागरिकताविहीन जनता सिमकार्ड लिनदेखि हवाई जहाज चढ्न वञ्चित भएको गृहमन्त्री बालकृष्ण खाँणको भनाइ, संविधान पालना गर्नुपर्ने राष्ट्रपतिबाटै संविधान अतिक्रमणमा पर्नु दुखदायी अवस्था भएको टिप्पणी, एमाले नेतृत्वको सरकारले जारी गरेको अध्यादेशलाई नै विद्येयकका रुपमा अगाडि बढाएको भनाइ, संविधानमा आफूहरुले गरेको कुनै पनि नागरिक नागरिकताबाट वन्चित हुने छैन भन्ने प्रतिबद्धता पूरा गर्न विधेयक ल्याएको दाबी ।


७. दसैँ, तिहारका लागि आ-आफ्नो घर जान चाहने यात्रुलाई लक्षित गरी देशभर लागू हुने गरी सरकारले खुला गर्यो ‘रुट परमिट’, असोज २३ गतेसम्मका लागि यात्रु घर जान र फर्कन सजिलो होस् भनी यो व्यवस्था गरिएको ट्राफिकको भनाइ, कुनै बाटोको विशेष प्रकृतिका कारण निषेध गरिएका सवारीसाधनमा भने बन्देज कायम ।


८. स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यार्थीलाई केन्द्रीय अस्पतालको ओपीडी टिकटमा ५० प्रतिशत छुट दिने, अहिले मन्त्रालयअन्तर्गतका केन्द्रीय अस्पतालमा यो छुट लागू, प्रदेश र स्थानीय तहलाई पनि छुट दिनका लागि पत्राचार गरिने, विद्यार्थीलाई अस्पतालको ओपीडी टिकटमा छुटको व्यवस्था गरेकोमा एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियूद्वारा सरकारलाई धन्यवाद ज्ञापन ।


९. साबा महिला बास्केटबल च्याम्पियनसिपमा नेपाल माल्दिभ्ससँग पराजित, घरेलु टोली माल्दिभ्सदसँग नेपाल ५१–४७ ले हार्यो, अमेरिकास्थित नेपाली भाषी समुदायको सर्वाधिक राशि पुरस्कार रहेको फुटबल प्रतियोगितामा चुके एफसी र कोलम्बस स्टार विजयी, महिलातर्फ कोलम्बस स्टार र भेट्रानतर्फ सिन्सी इन्ट्रा फुटबल क्लब विजयी, विजयी चुकेले १५ हजार अमेरिकी डलर प्राउँदा उपविजेता युनाइटेड एफसीले आठ हजार अमेरिकी डलर पुरस्कार पायो ।


१०. रूसको इजेभ्स्क शहरको एक विद्यालयमा गोलीकाण्डमा सात बालबालिकासहित कम्तीमा १३ जनाको मृत्यु, रुसको उडमुर्त गणतन्त्रको राजधानी इजेभ्स्कको शहरी प्रशासन भवन नजिकै रहेको विद्यालयमा भएको आक्रमणमा परि १७ बालबालिका र अन्य सात जना घाइते, युक्रेनी सेनाले सीमा नजिकै रहेको एक परित्यक्त पूर्व रूसी चौकीमा सयौं शवहरू राखिएको आशंका, शंकास्पद सामूहिक चिहानको युक्रेनी सेनाले अनुसन्धान गर्ने ।

प्रतिक्रिया दिनुहोस्