Logo
Logo

दशरथ रंगशालामा नेपाल र बंगलादेश भिड्दै



काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले आज (मंगलबार) बंगलादेशसँग मैत्रीपूर्ण प्रतिस्पर्धा गर्दैछन् । घरेलु मैदान त्रिपुरेस्वर स्थित दशरथ रंगशालामा हुने खेल साझ साढे ५ बजे सुरु हुनेछ ।

नेपाली टिमको कार्यबाहक प्रशिक्षण जिम्मा प्रदीप हुमागाइले पाएका छन् । यस्तै,कप्तानमा किरणकुमार लिम्बू फर्किएका छन् । दुबैले बंगलादेशबिरुद्द जित निकाल्न खेल्ने बताएका छन् । गत ६ असारमा पंकजबिक्रम नेम्बाङ एन्फामा निर्वाचिन भए यता नेपालले खेल्न लागेको पहिलो खेल हो ।

नेपाल र बंगलादेशबीच पछिलो समय २४ खेल भएको छ । जसमा बंगलादेश १२ खेलमा विजयी भएको छ । नेपालले ७ खेल जित्दा ५ खेल बराबरीमा टुंगिएको छ ।

प्रतिक्रिया दिनुहोस्