Logo
Logo

डिआइजीको नाममा मासिक एक करोड ?



काठमाडौं । तराईको मुखमा तराईका जिल्लाहरूमा संस्थागतरूपमा प्रहरीले पैसा असुली थालेको छ । मधेस प्रेदशका डिआइजी मसाउद आलम खाँको नाममा मात्र घुमुवाले महिनामै एक करोड रुपैयाँसम्म असुल्ने गरेको तथ्य भेटिएको छ ।

प्रहरी प्रधान कार्यालयमा परेको एक उजुरीमा बारा जिल्लामा मात्र डिआइजी र एसपीको नाममा मासिक ४३ लाख ५० हजार रुपैयाँ उठाउने गरिएको उल्लेख छ । पथलैयाका असइ मनोज यादव र अमलेखगञ्जका असइले यसरी जुवादेखि तस्करीसम्मका कामबाट पैसा उठाउने गरेका हुन् । प्रमाणसहित परेको उजुरीमा छानबिन भए तराईका धेरै घुमुवाको जागिर जाने निश्चित छ ।

पथलैया र अमलेखगञ्जमा हुने जुवाबाट मात्र मासिक चार लाख ५० हजार रुपैयाँ उठाउने उजुरीमा उल्लेख छ । कवाडबाट मासिक तीन लाख ५० हजार र चेकजाँचबाट दैनिक १० हजार घुस उठ्ने गरेको छ ।

त्यस्तै तराईमा वर्षौँदेखि सेटिङ मिलाउँदै आएका घुुमवा वरिष्ठ सइ सागरशम्शेर जबरासँग मिलेर तस्करी चलाउने बालकृष्ण थापाले मासिक एक लाख दिने गरेका छन् । वीरगञ्ज ट्रान्सपोर्टका रज्निस गुप्तासँग एक लाख ५० हजार, गढीमाई ट्रान्सपोर्टका मदन गुप्ता, मदन यादव, रामेश्वर तिवारीसँग दुई लाख ५० हजार लिने गरेका छन् । उनीहरुले कपडा, हार्डवेयर र खाद्यान्न तस्करी गर्दै आएका छन् ।

पशुपति ट्रान्सपोर्टका राजेन्द्र गुप्ता रौनियार, विनोद रोडवेजका विनोद अग्रवाल, वीरगञ्ज नगवाका उमेशलाल तेली, कमल पटेलले मासिक दुई लाखभन्दा धेरै प्रहरीलाई बुझाउने गर्दछन् ।

त्यस्तै, डम्बर थापा, सजन अग्रवाल, धिरज गुप्ता, पाथिभरा ट्रान्सपोर्टका राजेन्द्र गुप्ता, जयबुद्ध ट्रान्सपोर्टका प्रकाश साह, गुडु साह, झापाका दीपक जैन र बिके सुवेदी, रौतहटका सुनिल जैसवाल, रामचन्द्र अग्रवाल, सर्लाहीका अन्तोष दास, जनकपुरका दिनेश चौधरी, सप्तरीका राजन गुप्ताले पनि घुमुवाहरुसँग मिलेर तस्करीको लाइन चलाएका छन् । एक दिनको उनीहरुको कल रेकर्ड हे¥यो भने सबै कुरा पुष्टि हुने बाराका एक प्रहरी अधिकारी बताउँछन् । ‘डिआइजी र एसपीको संरक्षणबिना यस्तो धन्दा सम्भव नै छैन’, ती प्रहरी भन्छन्, ‘दसैँको मुखमा अहिले दैनिक लाखौं लेनदेन हुन्छ ।’

मधेसका हरेकजसो जिल्लामा यतिबेला घुुमवामार्फत असुली धन्दा चलेको छ । मधेसका डिआइजी खाँले पछिल्लो समय महिनामै घुमुवामार्फत करोड उठाउन थालेका छन् । वीरगञ्ज जिल्लामा त दैनिक नै १० लाखभन्दा धेरै लेनदेन हुने गरेको स्रोत बताउँछ ।

सबैभन्दा धेरै कमाई पर्साका एसपी रमेश बस्नेत र बाराका होबिन्द्र बोगटीको छ । केही प्रहरीहरु आफूहरु प्रहरी प्रधान कार्यालयबाट खटिएको भनेर यस्तो धन्दामा लागेका छन् । सशस्त्र प्रहरीको ध्यान पनि तस्करीकै सामानबाट पैसा असुल्नेमा केन्द्रित छ ।

प्रतिक्रिया दिनुहोस्