Logo
Logo

कार्यक्रम प्रस्तोता रविसहित तीन पक्राउ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३० साउन । ‘न्युज २४’का कार्यक्रम प्रस्तोता रवि लामिछाने र पत्रकार युवराज क“डेललाई प्रहरी पक्राउ गरेको छ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएका लामिछाने र कँडेललाई बिहीबार सा“झ टेलिभिजनकै कार्यालयबाट पक्राउ गरेको हो ।
उनीहरुलाई प्रहरीको अपराध अनुसन्धान महाशाखाको टोलीले पक्राउ गरेको थियो । पत्रकार पुडासैनीको मोबाइल परीक्षणपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पुडासैनीले आत्महत्या गर्नुअघि रेकर्ड गरेको भनिएको भिडियोमा ‘सिधा कुरा जनतासँग’का प्रस्तोता लामिछानेकै कारण आत्महत्या गर्नुपर्ने अवस्थामा पुगेको दाबी गरेका थिए ।
चितवन जिल्ला अदालतको पक्राउ पूर्जीसहित पुगेको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको थियो । उनीहरुलाई बिहीबार सा“झ नै चितवन लगिएको छ ।
लामिछानेमाथि आत्महत्या दुरुत्साहनको अभियोगमा पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । अभियोग प्रमाणित भएमा उनलाई ५ वर्षसम्मको जेल सजाय हुनेछ । नेपालमा आत्महत्या दुरुत्साहनको प्रावधानलाई गत वर्षको १ भदौदेखि लागू भएको नयाँ अपराध संहिताले समावेश छ ।
यस्तै, बिहीबार नै पुडासैनीस“ग सम्पर्कमा रहेकी भनिएकी अस्मिता कार्कीलाई पनि प्रहरीले बिहीबार पक्राउ गरेको छ । फौजदारी आरोपमा पक्राउ गरिसकेपछि २४ घण्टाभित्र अदालतको म्याद लिई न्यायिक हिरासतमा राखिसक्नुपर्छ । प्रहरीले विद्यमान कानुनअनुसार लामिछानेलाई २५ दिनसम्मको न्यायिक हिरासतमा राखी सरकारी वकिलमार्फत मुद्दा अभियोजन गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्