
काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गर्ने भएको छ।
कांग्रेस पार्टी भित्र नेता शेखर कोइराला पक्षले उत्पन्न गरेको भ्रमका सन्दर्भमा जानकारी दिन पार्टी प्रवक्ता डा. प्रकाशरण महतले पत्रकार सम्मेलन गर्न लागेका हुन् । सम्मेलन दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपमा आयोजना गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका छन्।
पत्रकार सम्मेलनमा प्रवक्ता महतले कोइराला समूहको भेला, गठबन्धनमा भइरहेको छलफल, निर्वाचन तयारी लगायत विषयमा केन्द्रित रहने बताइएको छ।नेपाली कांग्रेस संस्थापन इतरका नेताहरूले सभापति शेरबहादुर देउवामाथि निरन्तर दबाब बढाएका छन्।
कोइराला पक्षले समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची निर्माणमा संस्थापन पक्षले एकलौटी गरेको भन्दै विरोध गरिरहेको छ । असोज १४ गतेसम्म बन्दसूची नसच्याए कडा कदम चाल्ने कोइराला पक्षको चेतावनी छ । उक्त समुहले १२ गते पार्टी कार्यालयमा धर्ना कार्यक्रम राखेको छ ।












