Logo
Logo

समानूपातिक सूची सर्वसम्मत रुपमा नै तयार भएको हो : कांग्रेस


1.9k
Shares

काठमाडौं । नेपाली कांग्रेसले आसन्न निर्वाचनको समानूपातिक सूची सर्वसम्मत रुपमा नै तयार भएको स्पष्ट पारेको छ ।

मंगलबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता प्रकाशशरण महतले समानूपातिक सूची एकलौटी रुपमा उम्मेदवार छनोट भएको भन्ने कुरामा कुनै सत्यता नरहेको र सर्वसम्मत रुपमा नै सूची तयार पारिएको दावी गरेका हुन् ।

महतले कसैलाई कमजोर र कसैलाई बलियो पर्ने गरी सूची तयार नपारिएको र विधानअनुसार सूची बनाइएको जिकिर गरे । समानूपातिक सूचीलाई लिएर गर्ने भनिएको आन्दोलनको कुरा वाञ्छनीय नरहेको भन्दै उनले केहि त्रुटी भए सच्याइने जानकारी दिए । त्यस्तै उहाले पार्टीले सबै तहका नेता तथा कार्यकर्तालाई पार्टीको निर्णयअनुसार निर्वाचनमा पार्टीलाई जिताउन सम्पूर्णरुपमा क्रियाशिल हुन पनि निर्देशन दिएको बताए ।

सिट बाँटफाँड सकिएलगत्तै नेपाली कांग्रेसले लिएका क्षेत्रहरुमा प्रत्यक्ष तर्फको उम्मेदवार टुङ्गो लगाइने उनले बताए । महतले पाँच दलिय गठबन्धनमा केहि दिन भित्रै सिट बाँटफाँडको टुङ्गो लाग्ने जानकारी दिए ।

कांग्रेसले मन्त्रीहरु पनि पार्टीको महत्वपूर्ण जिम्मेवारीमा भएकाले आफ्नो पार्टीका पक्षमा जनमत बनाउन हिड्न नपाउने भन्ने कुरा व्यहारिक नरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्