Logo
Logo

बंगलादेशविरुद्धको खेलमा अन्जन विष्टको ह्याट्रिक



काठमाडौं । बंगलादेशविरुद्धको मैत्रिपूर्ण खेलमा नेपालका अञ्जन विष्टले ह्याट्रिक गरेका छन् । मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा चलिरहेको खेलको पहिलो हाफमा अञ्जनले तीन गोल गरेका हुन् ।

अन्जनले १८औं, २७औं र ३८औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेपछि नेपालले पहिलो हाफमै ३–० को आरामदायी अग्रता लिन सफल भएको छ ।

योसँगै अन्जन राष्ट्रिय टोलीबाट ह्याट्रिक पूरा गर्नै छैटौँ खेलाडी बनेका छन् । यसअघि गणेश थापा, नरेश जोशी, निराजन रायमाझी, भरत खवास र नवयुग श्रेष्ठले ह्याट्रिक गरेका थिए ।

नेपालबाट पछिल्लोपटक नवयुग श्रेष्ठले बंगबन्धु गोल्डकपमा माल्दिभ्सलाई ४–१ ले पराजित गर्दा नवयुगले ह्याट्रिक पूरा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्