काठमाडौँ । भारतको डा. एपिजे अब्दुल कलाम फाउन्डेशनले नेपाली राष्ट्रियगानका रचनाकार व्याकुल माइला (प्रदीपकुमार राई) लाई उनले कविता र साहित्यमा उत्कृष्ट दिएको योगदानको मुल्यांकन गर्दै ‘डा. एपिजे अब्दुल कलाम अवार्ड २०२२’ प्रदान गर्ने भएको छ ।

फाउन्डेशनले भारतका पूर्वराष्ट्रपति कलामको ९१ औँ जन्मजयन्तीका अवसरमा आगामी १५ अक्टोबर (असोज २९ गते) पश्चिम बङ्गालमा हुने कार्यक्रममा माइलालाई सम्मान ग्रहणका लागि निमन्त्रणा पठाइएको छ । समारोहमा भारत र नेपालका संस्कृतिकर्मीबाट सांस्कृतिक, साहित्यिक र सामाजिक गतिविधि हुने जनाइएको छ ।
यसैबीच नेपाल सरकारको मन्त्रिपरिषद्को यही असोज ७ गतेको बैठकले उहाँको सहज जीवनयापनका लागि मासिक रु २५ हजार भत्ता उपलब्ध गराउँदै आएकामा उक्त रकमका वृद्धि गरी मासिक रु ५० हजार उपलब्ध गराउने निर्णय गरेका स्रष्टा राईले सरकारलाई धन्यवाद दिएका छन् । गणतन्त्र स्थापनापछि २०६३ सालमा गठित राष्ट्रियगान चयन कार्यदलको सिफारिसबमोजिम माइलाको ‘सयौँ थुङ्गा फूलका हामी…’ छनोट भएको थियो ।












