Logo
Logo

प्रधानमन्त्री ओली फेरि अस्वथ्य


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ, ३१ साउन । गएको सोमबार मात्र सिंगापुरमा उपचार गराएर फर्केका प्रधानमन्त्री केपी शर्मा ओली फेरि बिरामी परेका छन् । उनी बिरामी परेपछि नेकपाको बिहीबारका लागि निर्धारित सचिवालय बैठक शुक्रबारसम्म स्थगित भएको छ ।
अपराहन ३ बजे सचिवालय बैठकका लागि नेकपा नेताहरू बालुवाटार पुगेका थिए । प्रधानमन्त्री ज्वरो आएका कारण सहभागी हुन नसक्ने भएपछि बैठक स्थगन गरी उनीहरू बाहिरिए । ‘प्रधानमन्त्रीलाई सामान्य ज्वरो आएकाले बैठक स्थगित गरियो,’ नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘स्वास्थ्यमा सुधार आएपछि शुक्रबार बैठक बस्छ ।’ आजको कान्तिपुरमा समाचार छ ।
प्रधानमन्त्री ओली १० दिन सिंगापुरमा उपचार गराएर सोमबार स्वदेश फर्केका थिए । १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका ओलीको स्वास्थ्य केही बिग्रेपछि चिकित्सकले सिंगापुर जान सल्लाह दिएका थिए । तर, प्रधानमन्त्रीको स्वास्थ्यमा के प्रगति भयो भन्ने प्रधानमन्त्रीको सचिवालयले औपचारिक रूपमा सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्