Logo
Logo
दृष्टिका १० हेडलाइन्स्

गठबन्धनमा सिट बाँडफाँटको सकसदेखि निर्वाचन आचारसंहिता लागूसम्म


567
Shares

१. आगामी मङ्सिर चार गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको लागि बुधबारदेखि आचारसंहिता लागू हुने, आचारसंहिताको कार्यान्वयन र पालना गर्न सबैले सहयोग गर्ने निर्वाचनको आयोगको अपेक्षा, आचारसंहितामा दलहरु, उम्मेदवार, नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहका पदाधिकारी, कर्मचारी, सञ्चारमाध्यम र विभिन्न निकायहरुले पालना गर्नुपर्ने दायित्व निर्धारण ।


२. प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन राजनीतिक दलहरुलाई निर्वाचन आयोगको ६० बुँदे निर्देशन, दर्ता भएका राजनीतिक दलहरुले निर्वाचनको सिलसिलामा कुनै पनि व्यक्तिलाई उम्मेदवार दिन वा प्रचारप्रचार गर्न, मतदानको अधिकारबाट वञ्चित गराउन, हातहतियार वा विस्फोटक पदार्थ प्रदर्शन गराउन नपाउने ।


३. कृषि औजार कारखाना १० वर्षको लागि राष्ट्रिय आविष्कार केन्द्रलाई जिम्मा लगाइयो, वीरगञ्जस्थित कृषि औजार कारखाना राष्ट्रिय आविष्कार केन्द्रले पुनः सञ्चालनमा ल्याउने सम्बन्धमा अर्थ मन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रबीच सम्झौता, राष्ट्रिय आविष्कार केन्द्रले सम्पूर्ण भौतिक सम्पत्ति, जायजेथाको रक्षा गर्ने र संरक्षण गर्नुपर्ने, सञ्चालनको आम्दानी खर्चको प्रचलित कानुन बमोजिम लेखा राखी लेखापरीक्षण गराउनु पर्ने ।


४. प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै गएपनि सत्तारुढ पाँच दलीय गठबन्धले सिट बाँडफाँट टुङ्गो लगाउन सकेन, गठबन्धनमा आवद्ध पाँचै दलको आ–आफ्नै अडान कायम रहँदा कुरा मिलेन, गठबन्धनमा कुरा नमिल्दा नेता कार्यकर्ता अन्योल, बुधबारसम्म सिट बाँडफाँट टुंगो लाग्नेगरी छलफल भइरहेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भनाइ ।


५. दसैं लागेसँगै सामनको भाउ आकाशियो, दसैं कसरी मान्ने भन्नेमा सर्वसाधरण चिन्तित्, काठमाडौंका असन, न्यूरोड, इन्द्रचोक लगायतका बजार क्षेत्रमा किनमेल गर्ने उपभोक्ताले घुइँचो, सामानको बिक्री भने अपेक्षित हुन नसकेको व्यवसायीहरुको गुनासो, व्यापारीले मनलाग्दी भाउ बढाएको भन्दै उपभोक्ता आक्रोशित, सरकारले कुनै अनुगमन नगरको गुनासो ।


६. गोरखाको मनास्लु हिमालस्थित तेस्रो आधार शिविरमा गएको हिमपहिरामा परी घाइते भएका सबैको उद्धार, पहिरामा परेका १३ मध्ये १२ जनाको सकुशल उद्धार, घाइते सबैलाई हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँ ल्याइयो, तीनजनाको अवस्था सामान्य, हिमपहिरोमा मृत्यु भएका हाई अल्टिच्युड गाइड अनुप राईको शव पनि काठमाडौं ल्याइयो ।

७. आकासियो अमेरिकी डलरको भाउ, एक अमेरिकी डलरको खरिदका लागि आज एक सय ३० रुपैयाँ ३० पैसा तिनुपर्ने, बिक्री दर एक सय ३० रुपैयाँ ९० पैसो, लगातार उकालो लाग्दै अमेरिकी डलरको भाउ नयाँ बिन्दुमा पुग्दा त्यसबाट अर्थतन्त्रका समग्र क्षेत्रमा प्रभाव, आयातमुखी अर्थतन्त्र भएको नेपालमा डलरको मूल्य बढ्दा त्यसले महँगी बढाउने र जनजीवन प्रभावित पार्ने ।


८. धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लाग्यो, आज १५ दशमलव ९२ अङ्कले उकालो लागेर एक हजार आठ सय ३१ दशमलव शून्य पाँचमा कायम, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इनडेक्स दुई दशमलव ५४ अङ्कले उकालो लागेर तीन सय ५८ दशमलव १४ मा कायम, दुई सय २९ कम्पनीको २१ लाख सात हजार सात सय ४२ कित्ता शेयर ६६ करोड ३० लाख १३ हजार रुपैयाँमा खरिद बिक्री ।


९.अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशमाथि नेपालको सहज जित, त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा बंगलादेश ३–१ गोल अन्तरले पराजित, नेपालको लागि अन्जन विष्टको ह्याट्रिक, बंगलादेशका सजजाद हुसेनले एक गोल फर्काए, नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने, युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले उद्घाटन समारोहमा उपस्थित हुन गरेको आग्रह राष्ट्रपति भण्डारीद्वारा स्वीकार ।


१०, भारत प्रधानमन्त्री नरेन्द्र मोदी र जापानका समकक्षी फुमियो किशिदाबीच टोकियोमा भेटवार्ता, दुई पक्षीय हित, साझा चासो र सरोकारका विषयमा छलफल, फ्रान्सेली विदेशमन्त्री क्याथरिन कोलोना युक्रेनको राजधानी किभमा, रुसले आक्रमण गरेको देशलाई समर्थन गर्न युक्रेनको अघोषित भ्रमण ।

प्रतिक्रिया दिनुहोस्